सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको , दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौ:प्रचण्ड


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २५, २०७७
  • 472
    SHARES

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ ।

आजका लागि बोलाइएको बैठक स्थगित भएपछि अध्यक्ष दाहालले पहिलो पटक बैठक स्थगित भएको विषयमा औपचारिक प्रतिकृया दिनुभएको हो ।

अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताउनुभयो । अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री समेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलसकिएपछि २ दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताउनुभयो । संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाव दिएपछि बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौँ ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

अध्यक्ष प्रचण्डले आज नै संसद सभाहलको अनुगमन पनि गर्नुभएको छ । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताउनुभयो । ‘‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’’ आज संघीय संसद सांसदहरु र कर्मचारीहरुको स्वाव पीसीआर परीक्षणका लागि संकलन गरीएको छ । संसद बैठक बस्नुअघि परीक्षणका लागि स्वाव संकलन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }