शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना संक्रमणको बेला बिध्यार्थिलाई कसरी सुरक्षित राख्ने ? – डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 762
    SHARES

विश्व स्वास्थ्य संगठन ( WHO ) ले भारत र नेपालमा कोरोना संक्रमणको उच्च प्रकोप जुन र जुलाईमा हुने जनाएको छ । विश्वभर भइरहेका अनुसन्धान अनुसार कोरोना भाइरस संक्रमण २०२२ सम्म रहने जनाएका छन् । कोभिड १९ बिरुद्धको खोप तथा औषधि आविष्कार भएर बजारमा आउन ६ महिनादेखि डेढ बर्ष लाग्ने अनुसन्धानविदले बताएका छन् । यो अबधिमा सामाजिक दुरी कायम राख्ने, हात धोइरहने, मास्क / पंजा / चस्मा आदिको प्रयोग गर्ने लगायत रोकथामका उपाय गर्नुको बिकल्प छैन |

कोरोना संक्रमणले बिद्यार्थीलाई ठूलो असर गरेको छ । यो महामारीको विच पठनपाठन सुरक्षित बनाउन सरकार तथा बिद्यालयले निम्न लिखित उपाय अबलम्बन गर्नु जरुरी छ ।

  • सम्बन्धित कक्षाको पाठ्यक्रम अनुसार अनलाइन कक्षामा एकरुपता ल्याउने । त्यसको लागि सरकार र विद्यालयले बिद्यार्थीलाई हाइस्पीडको इन्टरनेट निशुल्क उपलब्ध गराउने
  • रेडियो तथा टेलिभिजनमार्फत निश्चित समयमा पाठ्यक्रम अनुसार पढाउने ।
  • रोकिएका परीक्षामध्ये ११ कक्षासम्मको रिजल्ट अघिल्लो परीक्षाको अनुसार प्रकाशित गर्ने ।
  • स्कुलबसमा सामाजिक दुरी कायम नहुने भएको हुँदा आफ्नो एरियाको स्कुलमा भर्ना गर्ने ।
  • भौतिक दुरी कायम गर्न स्कुलमा प्रि फ्याबका टहरा बनाउने ।
  • घटीमा १ मिटरको दुरी हुने गरि प्रत्येक बिध्यार्थिलाई सिंगल टेबल जोडिएको कुर्सिको ब्यबस्था गर्ने ।
  • बिद्यालयको गेटमा बिद्यार्थी तथा शिक्षकको दैनिक रुपमा तापक्रम लिने तथा रुघाखोकी लागे नलागेको परिक्षण गरेर मात्र बिद्यालयभित्र जाने अनुमति दिने ।
  • मास्क, चस्मा तथा पंजालाई अनिबार्य गर्ने ।
  • बिद्यालयको धेरै ठाउंमा साबुनपानी, ह्याण्ड स्यानिटाइजर तथा मास्क राख्ने ।
  • सौचालयको संख्या बढाउने | सौचालयलाई पटक पटक निर्मैलिकरण गर्ने ।
  • सामुहिक गतिबिधि जस्तै प्रार्थना, खेलकुद वा अन्य गतिबिधि नगर्ने ।
  • स्कुल बस तथा भ्यानलाई साबुनपानी, क्लोरिन पानी र लाइसोलले दैनिक धोएर निस्संक्रमित बनाउने ।
  • भौतिक दुरी कायम गर्नको लागि हरेक कक्षाका बिद्यार्थीलाई १ दिन बिराएर स्कुल जाने ब्यबस्था गर्ने । यसोगर्दा बिद्यालय आउने दिन प्रयोगात्मक शिक्षा लगायत पढाउने तथा अर्को दिनको लागि होमवर्क दिने एबम अनलाइन कक्षा गर्ने ।
  • भर्ना शुल्क, मासिक शुल्क लगायतमा एकरुपता ल्याउने । यो संकटको बेला सेवामुखी र आत्मनिर्भर बन्ने । मुनाफाको योजना कोरोना संक्रमण नियन्त्रण भएपछि मात्र बनाउने ।
  • होस्टेल सकभर नचलाउने ।

सबैले बुझ्नु जरुरी छ कि स्कुलमा १ जना संक्रमित भएमा पुरै विधार्थीलाई रोग सर्ने, उनीहरुको अभिभावकलाई सर्ने हुँदै समाजमा संक्रमण फैलिन सक्छ । त्यसैले जीवनलाई पहिलो प्राथमिकतामा राखौं । आफ्नो नाफाघाटाको लागि जोखिम मोलेर स्कुल तथा स्कुल बस संचालन नगरौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }