शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने सुझाव


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 452
    SHARES

फ्रान्सेली टेनिस महासंघले कोभिड-१९का कारण स्थगित भएको फ्रेन्च ओपन टेनिस प्रतियोगिता बन्द कोर्टमा खेलाउन सकिने संभावनाबारे सुझाव दिएको छ ।

महासंघका अध्यक्ष बर्नार्ड गुइडिसीले व्यवसायिक मोडल अनुसरण गरेर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्ने गरी प्रतियोगिताको आयोजना गर्न सकिने विकल्प सुझाउनु भएको हो । विश्वकै प्रतिष्ठित र व्यवसायिक टेनिस प्रतियोगिता मध्येको एक फ्रेन्च ओपन जतिसक्दो छिटो खेलाउन सबै संभावनाहरुका बारेमा गृहकार्य गर्नुपर्ने अध्यक्षगुइडिसीले बताउनुभएको छ ।

स्वास्थ्य महामारिका कारण स्थगित भएको विश्व टेनिस ग्राण्डस्लामको दोस्रो स्थानमा रहेको फ्रेन्च ओपन यसै महिनाको अन्तिम देखि सेप्टेम्बर महिनासम्ममा गर्ने गरी पुनर्तालिका बनाइसकिएको छ । तर प्रतियोगिता कसरी गर्ने भन्ने बारेमा भने योजना बन्न बाँकी छ । कोरोना संक्रमणका कारण यसबर्षको विम्वल्डन प्रतियोगिता रद्ध गरिएको छ भने यूएस ओपन टेनिस जुन महिनामा गर्ने संभावनाबारेमा कुराकानी भइरहेको छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }