मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चीन व्दारा नेपाल सारकारलाई पीसीआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री हस्तान्तरण


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २९, २०७७
  • 897
    SHARES

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किट सहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई उक्त सामग्रीहरु हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चीनले अभाव भएको सामग्री उपलब्ध गराएको र असल छिमेकीको उदहरण बनेको भन्दै चीन सरकारको प्रशंसा गर्नुभयो ।

चीनले सहयोग गरेका स्वास्थ्य सामग्री तोकिएका अस्पतालहरुमा कोरोना भाइरसको संक्रमण भएका बिरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)