शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुध्द एयरले ल्यायो पोखरा र चितवनका लागि होलिडेज प्याकेज सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 512
    SHARES
काठमाडौं । बुध्द एयरले जुन १ बाट पोखरा र चितवनका लागि होलिडेज प्याकेज सार्वजनिक गरेको छ । कोरोना भाइरसको कारण लक डाउनले घरमै थुनिएर बस्नु परेका काठमाडौंका नागरिकलाई लक्षित गरी होलिडेज प्याकेज ल्याएको कम्पनीले जनाएको छ ।  होलिडे प्याकेज अनुसार पोखराको लागि २ दिन होटल र उडान सहित प्रतिव्यक्ति ५ हजार ९ सय ९९ रुपैयाँ र चितवनको लागि २ दिनको होटल र उडानसहित १३ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।

पोखरामा बाटिका, बाराही, जलमहल, लेकसाइड रिसोर्ट र ल्याण्डमार्क होटल तोकिएको छ भने चितवनका लागि जंगलसफारी लज र ग्रिन पार्क होटल रहेको छ ।

संक्रमणरहित र सुरक्षित होलिडे प्याकेज सञ्चालनका लागि ‘सांगठनिक नीति निर्देशिका’ तयार गरिसकेको छ । उडान र होलिडे प्याकेज सरकारको उडान सञ्चालन गर्नदिने निर्णय अनुसार जुन १ बाट बजार व्यवस्थापन गरि सञ्चालन गर्ने निर्णय भएको बुध्द एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

पहिलो चरणमा पोखरा र चितवनका होटलसँगको सहकार्यमा प्याकेज ल्याइएको उल्लेख छ । पर्यटकलाई सुरक्षित अनुभुति गराउँदै पहिलो चरणमा काठमाडौंवासीलाई पोखरा र चितवनका पर्यटनस्थलमा आकर्षित गराउने योजना बुध्दको रहेको छ ।

त्यसका लागि बुध्द एयर र भगिनी संस्था ‘बुध्द होलिडेज’ मार्फत पोखरा,घान्द्रुक,धम्पुस र चितवनका केही होटल मार्फत साझेदारीमा पर्यटन प्रवद्र्धन गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }