मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य सङ्गठनको चेतावनी : कोरोनाभाइरसको कहिल्यै अन्त्य नहुन सक्छ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 522
    SHARES

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको कहिल्यै अन्त्य नहुने बताएको छ । उसले खोपको विकास भएको अवस्थामा पनि भाइरस नियन्त्रण गर्न ठूलो प्रयास हुनुपर्ने जनाएको छ ।

बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै विश्व स्वास्थ्य सङ्गठनका सङ्कटकालीन निर्देशक डा माइक रयानले भाइरसको अन्त्य कहिले हुने सम्बन्धी अनुमानबारे बोल्नुहुँदै यस्तो चेतावनी दिनुभएको हो । विश्वभर कोरोना भाइरसबाट करिब तीन लाख व्यक्तिको मृत्यु भइसकेको छ, ४३ लाख व्यक्ति सङ्क्रमित छन् ।

डा. रयानले भन्नुभयो, “हाम्रो समुदायमा यो भाइरस अर्को अन्त्य हुन नसक्ने प्रकोप बन्न सक्छ र कहिल्यै अन्त्य हुन नसक्ने यसै टेबुलबाट खुलाउन महत्वपूर्ण हुन जान्छ ।” उहाँले एचआइभीको सङ्क्रमणसँग कोरोना भाइरसको तुलना गर्नुभयो । डा. रयानले भाइरसको अन्त्यलाई लिएर कसैले पनि अनुमान लगाउन नसक्ने प्रष्ट्याउनुभयो ।

विश्वभरि हाल करिब एकसय सम्भावित खोपको विकासबारे अनुसन्धान भइरहेको छ । उहाँले दादुराको खोप आएपनि हालसम्म उन्मूलन हुन नसकेको उदाहरण दिनुभयो । तर विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस अदनोम गेब्रेससले सामूहिक प्रयासले कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नसकिने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)