बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड-१९ को महामारीका कारण स्थगित गरिएका खेलकुद प्रतियोगिता एक पछि अर्को गर्दै शुरु हुने क्रममा


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 523
    SHARES

कोभिड-१९ को महामारीका कारण विश्वभरी नै स्थगित गरिएका खेलकुद प्रतियोगिता एक पछि अर्को गर्दै शुरु हुने क्रममा छन् । विश्व प्रशिद्ध खेलकुद प्रतियोगिताहरु स्थगित हुँदा निराश बनेका खेलाडी र खेलप्रेमीहरुका लागि यो खुशीको कुरा पनि हो । तर महामारी अझै नियन्त्रणमा नआइसकेको अवस्थामा पुनः हुन लागेका प्रतियोगिताहरुले थप स्वास्थ्य त निम्त्याउने हुन की भन्ने चिन्ता पनि बढाएको छ । यसै सन्दर्भमा इटलीमा शुरु हुन लागेको सिरी ए लिग प्रतियोगिताको तयारीलाई लिएर त्यहाँका खेलकुद मन्त्रीले क्लव र खेलाडीहरुलाई चेतावनी सहितको निर्देशन दिनुभएको छ ।

संसदमा बोल्दै मन्त्री भिन्सेञ्जो स्पाडाफोराले स्वास्थ्य सुरक्षाको पूर्ण ग्यारेण्टी नभएसम्म लिग खेलाउन नदिइने स्पष्टपार्नुभएको छ । दुई महिनाको लकडाउनपछि त्यहाँ यहि मे महिनाको ४ तारिख देखि व्यक्तिगत प्रशिक्षणको अनुमति दिइएको थियो भने १८ तारिखबाट खेलाडीहरु समूहगत प्रशिक्षणमा जादै छन् । तर खेलकुद मन्त्रीले भने एक जना पनि खेलाडी वा क्लवका सदस्य कसैलाई संक्रमण देखियो भने क्लवका सबै जना क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभएको छ । उहाँले सबैको नियमित रुपमा शुक्ष्म परीक्षण हुने पनि बताउनु भयो । निर्देशनले प्रतियोगिता र रेलिगेसन तालिकामा प्रभाव पार्नसक्ने विष्लेषण भने गरिएको छ ।।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }