शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको दुई स्थानमा कोरोना स्वाब कलेक्सन बुथ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 630
    SHARES

रसुवाको दुई स्थानमा कोरोना स्वाब कलेक्सन बुथ निर्माण गरिएको छ । नेपाल इन्जिनियर्स एसोसियसन बागमती प्रदेशको सहयोगमा कोरोना भाइरससँग सम्बन्धित आइसोलेसन भएका स्थानमा कोरोना स्वाब कलेक्सन बुथ निर्माण गरिएको हो ।

एसोसियसनले मंगलबार जिल्लाको कालिका गाउँपालिका स्थित जिबजिबे स्थित ग्रामीण सामुदायिक अस्पतालमा र बुधबार सदरमुकाम धुन्चे स्थित रसुवा अस्पतालमा हस्तान्तरण गरेको थियो । जिल्लामा दुई वटा स्वाब कलेक्सन बुथ हस्तान्तरण गरिएसँगै स्वास्थ्यकर्मीहरुले स्वाब संकलनको कार्य सुरक्षित रुपमा गर्न सक्ने भएका हुन् ।

जिल्लाको पाँच वटा गाँउपालिकाका मध्ये आइसोलेसन स्थापना भएका अस्पतालमा बिभिन्न क्षेत्रमा कार्यरत इन्जिनियरहरुबाट संकलन गरिएको रकमले स्वाब कलेक्सन बुथ खरिद गरि हस्तान्तरण गरिएको बाग्मति प्रदेश इन्जिनियरिङ एसोसियसनका प्रतिनिधि बिकास भट्ठले बताए ।

बुथ हस्तान्तरण भएसँगै सामाग्री जडान गरि संचालनको प्रक्रिया सुरु गरिएको जनाएको छ । कोरोना भाईरसको लक्षण देखिएकाहरुको लागि सुक्षित रुपले अब स्वाब संकलन गर्न सकिने जनाइएको छ । स्थापना गरिएको बुथबाट संकलन गरिने स्वाब परिक्षणका लागि काठमाण्डौको टेकु स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाईने अस्पतालले जनाएको छ ।

स्वास्थ्यकर्मीहरु कोरोनाका संक्रमणबाट सुरक्षित रहन र उनीहरुको मनोबल उच्च राख्न तथा सुरक्षित रहन यस खालको प्रबिधिको प्रयोगले सहयोग गर्ने रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अनिल कुमार खरेलले बताए ।

बागमती प्रदेशका लागि रसुवा जिल्ला सहित उपत्यका बाहेकका जिल्लामा १६ वटा स्वाब संकलन बुथ सहयोग गरेको नेपाल इन्जिनियरिङ एसोसियसन बाग्मति प्रदेशले जनाएको छ । शंकास्पद बिरामीको स्वाब संकलनमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि उपयोगी हुने समेत बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }