मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने स्वास्थ्य मन्त्री


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 490
    SHARES

 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताउनुभएको छ ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले भन्नुभयो, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताउनुभयो । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }