शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘नीति तथा कार्यक्रम नीतिविहीन’


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ३, २०७७
  • 793
    SHARES

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले समेट्नुपर्ने विषयलाई नसमेटेको बताए ।

उनले पूर्ववत् कार्यक्रमलाई निरन्तरता दिएको टिप्पणी गरे । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए । ‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ,’ संसद् भवनबाट बाहिरने क्रममा छाटो प्रतिक्रिया दिँदै दाहालले भने, ‘मलाई लाग्छ, यो कार्यान्वयन गर्न सकियो भने  यसले राम्रै गति लिन्छ ।’

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको आरोप लगाए । ‘यो नीति तथा कार्यक्रमले आशा जगाउने काम गर्न सकेन । विगतका कामको निरन्तरता छ,’ उनले संसद् भवन परिसरमा पत्रकारहरूसँग भने, ‘कोरोनापछि बेरोजगारी समस्या समाधान गर्ने खालका कार्यक्रम आउन सकेन ।’

कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई अनावश्यक कुरा राखेर लामो बनाइएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले प्राथमिकता गुमाएर बनेको नीतिले यो संकटबाट मुलुकलाई बाहिर निकाल्न सक्दैन । नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाबाट जोगिने ठोस कार्यक्रम आउन नसक्नु दुखद् भएको उनको भनाइ छ ।

रिजालका अनुसार नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई तल जान नदिन तत्कालका लागि के गर्ने हो, त्यो समेत आउन सकेन । मन्त्रालयहरूले पाँच महिना पहिले नै बनाएका कार्यक्रममा कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रममा ल्याइयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम निकै लामो भएको बताए । उनले भने ‘यति लामो आवश्यक थिएन छोट्याउनु पथ्र्यो ।’ उनले शिक्षा, कृषि, स्वास्थको क्षेत्रमा केही कुरा नीति तथा कार्यक्रमले गरेको बताए । अब बजेट ल्याउँदा प्राथमिकता कसरी आउँछन् पैसा कसरी छुट्टिन्छ, त्यसपछि मात्रै विश्लेषण गर्न सकिने उनको भनाइ छ ।

कांग्रेस नेता शशांक कोइरालाले कोरोना भाइरसमा मात्र केन्द्रित गर्नुपर्नेमा अन्य कुरातर्फ कार्यक्रम गएको बताए । कांग्रेस नेता प्रदीप गिरीले कोरोना भाइरस केन्द्रित कार्यक्रम हुनु पर्नेमा पुरानै कुरा दोहोर्याइएको बताए । पूर्वमन्त्री तथा नेकपाका सांसद गोकर्ण विष्टका अनुसार सरकारको नीति तथा कार्यान्वयमा धेरै कार्यक्रम पारेर कार्यान्वयनमा गोलमोटोल हुने अवस्था सिर्जना भएको छ ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }