शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा, नीति तथा कार्यक्रम छलफल


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 650
    SHARES

 

समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कोरोना संकट समाधानका लागि ठोस कुराहरु नआएको बताउनुभयो ।

प्रतितिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा माग दिँदै उहाँले जनताले विश्वास गर्ने कुनै पनि कुराहरु नीति तथा कार्यक्रममा नरहेको बताउनुभयो । प्रदेशलाई अधिकार विहिन बनाएर उल्ल्ेख गर्दै उहाँले अहिलेको संकटबाट जनतालाई कसरी बचाउने, अर्थतन्त्र कसरी जोगाउने भन्ने विषयमा नीति कार्यक्रममा केही उल्लेख नभएको बताउनुभयो ।

कोरोना महामारीबाट प्रभावित क्षेत्रका विशेष राहतका प्याकेज ल्याउन माग गर्दै यादवले कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा मौसमी राष्ट्रवाद देखाएको बताउनुभयो । नेपालको एक इन्च भूमि पनि मिच्न नदिने कुरामा सबै एक ठाउँमा हुादा पनि सरकारले समस्या सामाधान गर्न नसकेको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले मान्छेको ज्यान गएपछि मात्रै कोरोना संक्रमण पुष्टि हुनु दुःखद भएको बताउनुभएको छ । नेपालमा अहिलेमा २ जनाले कोरोनाका कारण ज्यान गुमाएको उल्लेख गर्दै उहाँले ज्यान गएपछि मात्रै स्वास्थ्य परीक्षण गर्नु र कोरोना पुष्टि हुनु दुःखद भएको बताउनुभो । भारत लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरु उद्धारका लागि याचना गरिरहेपनि सरकारले अहिलेसम्म कुनै योजना अघि नसारेको उहाँले बताउनुभयो ।

नेपाली अतिक्रमित भूमि समेटेर नक्सा सार्जजनिक गर्ने विषयको स्वागत गर्दै उहाँले आफ्नो देशको नक्सा सार्वजनिक गर्न चीन वा भारतलाई सोध्नुपर्छ भनने पराधिन मानसिकता भएको बताउनुभयो ।

सांसद लिङ्देनले २०४६ सालपछिका सबै उच्च पदस्थ कर्मचारी र नेताहरुको सम्पत्ति छानबिन गर्ने प्रतिवद्धता नीति तथा कार्यक्रममै समावेश गर्न आग्रह गनुृभयो । अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्ने तर्फ सरकारको ध्यान जान नसकेको उल्लेख गर्दैै लिङदेनले बालविकास शिक्षक र विद्यालय कर्मचारीको सेवा सुविधालाई बजेटमा समावेश गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)