मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन क्षेत्रको खर्बौ लगानी जोखिममा, बजेट मार्फत उद्दार गर्न १२ सस्थाको माग


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ५, २०७७
  • 1.2K
    SHARES

काठमाडौं । २० लाख पर्यटक ल्याउने योजनाका साथ घोषणा गरिएको भ्रमण वर्ष २०२० लाई लक्षित गरी पर्यटन व्यवसायीहरुले लगानीलाई विस्तार गरेका थिए । पर्यटन क्षेत्रमा केहि नयाँ लगानी थपिएका थिए भने केहिले लगानी थप गरेका हुन् ।  तर, कोरोना भाइरसको संक्रमणले विश्वभर असर गर्न थालेपछि सरकारले भ्रमण वर्ष स्थगन ग¥यो ।

कोरोना महामारीका कारण अन्तर्राष्ट्रि हवाई नै बन्द भएपछि पर्यटन व्यवसाय नै ठप्प भएको छ । यसले नेपालको पर्यटन क्षेत्रमा भएको  अर्बौ लगानी जोखिममा परेको छ । लगानी जोखिममा परेपछि व्यवसायीहरुले   विभिन्न मन्त्रालयमा राहतका प्याकेज माग गरेका छन् । तर, सरकारको नीति तथा कार्यक्रममा व्यवसायीको अपेक्षा अनुसार कार्यक्रम समेटिएन ।

नीति तथा कार्यक्रममा नसमेटिए पनि बजेटमा पर्यटन क्षेत्रको माग सम्बोधन गरेर खर्बौको लगानी तथा लाखौको रोजगारी जोगाउन व्यवसायीहरुले सार्वजनिक अपिल गरेका छन् । सोमबार पर्यटन क्षेत्रसँग सम्बन्धीत सघंसस्थाहरुले सामूहिक रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बजेट मार्फत अल्पकालीन तथा दिर्घकालीन विशेष कार्यक्रमहरु ल्याउन माग गरेका हुन् ।
बिज्ञप्तीमा भनिएको छ ‘यो विषम परिस्थीतिमा राष्ट्रले नै भावी अर्थतन्त्रको आधारको रुपमा महत्व दिदै आएको नेपालको पर्यटन क्षेत्रलाई जीवन र मरणको दोसाधबाट उद्धार गर्न सरकार जिम्मेवारपूर्ण तवरले पर्यटन मैत्री अभिभावकको भुमिकामा खरो रुपमा उत्रनु पर्छ भन्ने हाम्रो आवाजलाई गम्भीरताका साथ लिने छ भन्ने विश्वासका साथ पुनः सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउदछौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)