बुधबार, अशोज १९, २०७९

आज संसदमा नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको जबाफ


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ६, २०७७
  • 152
    SHARES
  • फाईल फोटो

सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका गरी १ सय १० जना सांसदले धारणा राखेसँगै छलफल सकिएको हो । नीति तथा कार्यक्रमको सत्ता पक्षका सांसदले राम्रो भएको भन्दै बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष दलका विपक्ष दलका सांसदले कोरोनाविरुद्ध लिनुपर्ने विषय नीति तथा कार्यक्रममा समावेश नभएको भन्दै आलोचना गरेका छन् ।

कोरोना भाइरसका कारण यस वर्ष नीति तथा कार्यक्रममाथि दुई दिन मात्र छलफल भएको छ । सबै सांसदले बोल्न पाउनुपर्ने माग गरे पनि विषम परिस्थितका कारण भन्दै सभामुख अग्नि सापकोटाले दलीय आधारमा प्रमुख सचेतकले दिएको नामावलीअनुसार सांसदहरूलाई बोल्न दिइएको थियो । प्रि–बजेटमाथि छलफलमा आफ्नो धारणा राखेका सत्ता पक्षका सांसदले नीति तथा कार्यक्रममका धारणा राख्न पाएनन् । संसद् बैठक अघि कोरोना चेकजाँच नगराएका सात सांसद भने संसद् बैठकमा भाग लिनबाट वञ्चित भएका छन् । २ सय ७५ जना रहेको प्रतिनिधिसभामा हाल २ सय ७१ जना मात्र सांसद रहेका छन् ।

नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनेछन् । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ ।  नीति तथा कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि पाँचवटा संशोधन परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ