शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक भत्ता रोक्ने निर्णय प्रति काँग्रेसको आपत्ति


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ८, २०७७
  • 475
    SHARES

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नोआपत्ति जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको काँग्रेसले जनाएको छ । काँग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)