बिहिबार, बैशाख २०, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ७ जनामा आरडिटी रिपोर्ट पोजेटिभ


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १०, २०७७
  • 595
    SHARES

रसुवामा सात जनामा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । शनिबार जिल्लाको नौकुण्ड गाउँपालिका र आमाछोदिङ्मो गाउँपालिकामा गरिएको छुट्टाछुट्टै परिक्षणमा सात जनामा आरडिटी परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

नौकुण्ड गाउँपालिका ६ मा तिन जना र आमाछोदिङ्मो गाउँपालिका ५ मा चार जना गरि ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । सात जना मध्ये ६ जना पुरुष र एक जना महिला रहेको बताइएको छ । २१ वर्षिय महिला रहेकि छिन् भने २४, २७, २८, २१, १८ १९ २१ वर्षका पुरुष रहेको बताइएको छ ।

पोजेटिभ देखिएका मध्ये तिन जिबजिबे ग्रामिण अस्पतालमा रहेको आइसोलेसनमा राखिएको छ भने चार जनालाई सदरमुकाम धुन्चेको आइसोलेसन ल्याइदै गरिएको श्रेष्ठले बताए । सातै जनाको स्वाब संकलन गरि पिसिआरका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाउने तयारी भइरहेको जनाइएको छ ।

बुधबारदेखि रसुवामा सेल्फ क्वारेन्टाइनमा रहेकाहरुको आरडिटि परिक्षण सुरु गरिएको छ । जिल्लामा काठमाण्डौ, संखुवासभा, कैलाली र इलामबाट आएका ४ सय ४४ जना सेल्फ क्वारेन्टाइनमा रहेका छन् । जिल्लामा हाल सम्म तीन सय ९८ जनाको आरडिटी परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }