शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ११, २०७७
  • 677
    SHARES

संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ ।

कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताउनुभयो ।

संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)