मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई काठमाडौं महानगर चेम्बरको सहयोग


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १६, २०७७
  • 561
    SHARES

काठमाडौं।

काठमाडौं महानगर चेम्बरले मनमोहन मेमोरियल टिचिङ हस्पिटललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामग्री उपलब्ध गराइएको काठमाडौं महानगर चेम्बरका अध्यक्ष पंकजचन्द्र श्रेष्ठले बताउनुभयो ।

चेम्बरले पिपिई ५ थान, गमबुट ५ जोर, गमबुट कभर ५ जोर, थर्मल गन २ थान, सर्जिकल मास्क १ हजार थान, फेस सिल ५ थान, सर्जिकल क्याप १ हजार थान, सर्जिकल ग्लोभ १ सय थान र एन ९५ मास्क २ थान सहयोग उपलब्ध गराएको हो । मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले ‘‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’’को रुपमा सेवा दिदै आएको छ । अस्पतालले कोभिड १९ सम्बन्धी ज्वरो क्लिनिक चलाइरहेको र अहिले सम्म पीसीआर पोजेटिभ केस नभेटिएको हस्पिटलका अध्यक्ष राजेन्द्रप्राद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)