मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १८, २०७७
  • 1.4K
    SHARES

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आज नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेश प्रमुख शेरचनलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सरकारका मन्त्री, प्रतिपक्षी दलका नेतालगायतले स्वागत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रमको प्रारम्भमा प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विधिता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताउनुभयो । समन्यायिक, समतामूलक समाज निर्माणमा सरकार प्रतिबद्ध भएको बताउँदै उहाँले सीमित स्रोत साधनको उपयोगमार्फत अघि बढेका अवस्थामा कोरोना भाइरसले समग्र गतिविधि प्रभावित पारेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)