मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

व्युटिसीयन संघद्धारा मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र (ज्ञापनपत्रसहित)


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २०, २०७७
  • 2.3K
    SHARES

वुटवल । नेपाल ट्रेड युनियन काँग्रेस आबद्ध नेपाल व्युटिसियन संघले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका छन् ।

ब्युटिसियन क्षेत्रमा एकल महिला , गृहीणी सामान्य पढेलेखेका महिला दिदीबहिनीहरु अधिकांश मुख्यत स्वरोजगार पेशामा रहेको र सो पेशा अहिले कोभिड १९ र लकडाउनको कारण बाट पलायन हुने अवस्थामा पुगेकोले मुलत प्रदेशको आउदो बजेटबाट पेशालाई संरक्षण गरि विशेष राहत प्रदान गरि दिन भन्दै टे्रड युनियन कांगे्रस आबद्ध नेपाल ब्युटिसियन संघ ५ नम्बर प्रदेश समितीले आज मुख्यमंत्री पोखरेललाई भेटेर १० बुदे ज्ञापन पत्र बुझाएको छ ।

प्रदेश भर पचासौ संख्यामा सिटीभीटीबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्र तथा हजारौको संख्यामा गाउ गाउ तथा नगरको भित्र भित्र पनि रहेका ब्युटिपार्लरमा कार्यरत हजारौको संख्यामा त्यहा कार्यरत महिला दिदीबहिनीहरु को पेशा जोखिममा रहेको संघका ५ नम्बर अध्यक्ष विष्णु थापा बताउनु हुन्छ । र दिदी बहिनीहरु संलग्न रहेको मुलत यस स्वरोजगार पेशालाई यस प्रदेशमा संरक्षण गर्न का खातिर हामीहरुले आज माननीय मुख्यमंत्री ज्यु लाइ मुलत आउदो प्रदेशको बजेटबाट सम्बोधन गर्न पनि अनुरोध गरेको बताउनुभयो ।

सोे १० बुदे ज्ञापन पत्रमा ब्युटीपार्लर पेशालाई संरक्षण गर्न लकडाउनको शुरुवाती अवस्थामा नै संघीय सरकार बाट गरिएको घर भाडा छुटको घोषणा यस प्रदेशमा पनि लकडाउन अवधी भर पार्लर रहेको घरको भाडा छुट व्यवहारीक रुपमा लागु गराई दिने , प्रदेशको बजेटबाट विशेष राहतको घोषणा गरि दिने , नगर तथा गाउ पालिका लगायत सरकारका विभिन्न निकाय बाट लिईने कर तथा राजस्व यस वर्षको छुट गराई दिने , प्रदेशभर स्थानीयतहमा यस क्षेत्रका पेशाकर्मीहरुलाई पंजीकरण गरि राहतको व्यवस्था गरि दिने , स्वरोजगार तथा अनौपचारीक क्षेत्रका श्रमिकहरुलाई सामाजीक सुरक्षाकोषको दायरामा व्यवहारीक रुपमा समावेश गराईदिने , पेशालाई पुर्नजिवित गर्न बजेट मार्फत सफट लोनको व्यवस्था गरिदिने र बैंक बाट ऋण लिई शुरु गरिएको पेशाकर्मीहरुलाई घटीमा ६ महिना पछि किस्ता तिर्ने र लकडाउन अवधीभरको ब्याजछुट को व्यवस्था गरिदिने लगायतको १० बुदे माग रहेको अध्यक्ष थापा बताउनु हुन्छ ।

गत आइतबार जेष्ठ १८ गते राष्ट्रिय समितीबाट पनि संघीय श्रम मंत्री ज्यु लाइ पनि यो पेशा संरक्षण गर्न १० बुदे ज्ञापन पत्र दिईसकिएको र राष्ट्रिय समितीको निर्देशन अनुसार सबै संघको सबै प्रदेश समितीहरुले मुख्यमंत्री ज्युहरुलाई पनि ज्ञापन पत्र दिने कार्यक्रम रहेको संघकी राष्ट्रिय समितीकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा तिम्सीना बताउनु हुन्छ र मुख्यमंत्री ज्यु यो ज्ञापन पत्र लाई लिएर गंभिर हुनु भएको र संभव भए सम्म प्र्रदेश सरकारबाट तपाइ हरुलाई सहयोग रहने बताउनु भएको वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा बताउनु हुन्छ ।

आज नै सो १० बुदे ज्ञापन पत्र को बोधार्थ तथा कायार्थ कपि माननीय उद्योग मंत्री लिला गिरी र माननीय सामाजीक विकास मंत्री सुर्दशन बराललाई समेत बुझाईएको थियो । सो ज्ञापन पत्र माननीय मुख्यमंत्री तथा मंत्री हरुलाई बुझाउन राष्ट्रिय समितीकी वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा , प्रदेश अध्यक्ष विष्णु थापा , प्रदेश सचिव सुनिता अर्याल , रुपन्देही अध्यक्ष रेणु कर्माचार्य , बुटवल नगर अध्यक्ष मनु न्यौपाने लगायत रहनु भएको थियो भने मुख्यमंत्री ज्यु लाई ज्ञापन पत्र प्रदेश अध्यक्ष विष्णु थापाले बुझाउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }