शुक्रबार, अशोज १४, २०७९

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाईअन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनबाट ३० वटा भेन्टिलेटर सहयोग


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ २१, २०७७
  • 253
    SHARES

अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३० वटा भेन्टिलेटर सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका विरामीहरुको उपचारको लागि सहयोग पु¥याउने उद्देश्य सहित चु जी फाउण्डेशन ले हेल्थ इन्भायोरोमेन्ट एण्ड काइभेट एक्सन फाउन्डेशन ‘हेकाफ ३६०’ मार्फत सरकारलाई ३० वटा जीवन रक्षक भेन्टिलेटर उपलब्ध गराएको हो । यसबाहेक पिपिई, पञ्जा, गाउन, मास्क, इन्फ्रारेड थर्मोमिटर, सेफ्टी ग्लास लगायतका अत्यावस्यक स्वास्थ्य सामग्री समेत उपलब्ध गराएको हेकाफका अध्यक्ष महेश नकर्मीले बताउनुभयो । उहाँले कुल १ करोड ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा विरामीको उपचारलाई ध्यान दिदै भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँले संक्रमण फैलिदै जाने दर बढेकाले सरकारले अहिलेसम्म अवलम्बन गर्दै आएको नीतिमा परिवर्तन गरी अति संवेदनशिल विरामीलाई मात्र अस्पतालमा उपचार गरिने बताउनुभयो । सामान्य लक्षण समेत देखा नपरेका संक्रमितहरुलाई क्वारेन्टाइन अथवा आइसोलेसन सेन्टरमा उपचार गरिने मन्त्री ढकालले बताउनुभयो ।

पछिल्लो समय देशभर २ हजार २ सय भन्दा बढीमा कोरोना संक्रमण फेला परेको छ । कोभिड–१९ संक्रमणका कारण गम्भिर अवस्थामा रहेका बिरामीलाई उपचार गर्न अत्याधुनिक भेन्टीलेटर सेवा सहितको उपचार कक्ष आवस्यक पर्छ । तर त्यसका लागि अहिले सम्म आवस्यक तयारी भने गरेको देखिदैन् । मन्त्री ढकालले मन्त्रालयले उपचारको तयारीलाई तिब्रता दिएको अवस्थामा भेन्टीलेटर सहितका स्वास्थ्य सामग्री सहयोग प्राप्त हुँदा आफुहरुको मनोबल बढेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ