शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उच्च जोखिममा रहेका बिरामीहरुलाई उपचारको अभाव हुन नदिन संसदीय समितिको निर्देशन


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २२, २०७७
  • 492
    SHARES

लकडाउनको अवस्थामा उच्च जोखिममा रहेका बिरामीहरुलाई उपचारको अभाव हुन नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले बन्दाबन्दीको अवस्थामा उपचारको अभाव भई जीवन क्षति हुने अवस्था आउन नदिन कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकको निर्णय सुनाउँदै समितिका सभापति निरुदेवी पालले स्वास्थ्य सेवाको सिमित उपलब्धताका कारण जीवन क्षति हुने अवस्था आएको भन्दै उच्चस्तरीय समिति र स्वास्थ्य मन्त्रालयलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचलाई पुर्नस्थापित गर्न र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिइएको बताउनुभयो । उहाँले गर्भवती महिला, सुत्केरी महिला र बालबालिकाको समयमै उपचार नहुादा जीवन क्षति हुने अवस्थामा पगेको घटनाहरु आइरहेकोले बताउँदै उच्च स्वास्थ्य जोखिममा रहेका नागरिकहरुको जीवन रक्षाका लागि सबै विकल्प प्रयोग गरी उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो । यसबाहेक समितिले राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई थप प्रभावकारी बनाई कार्यान्वयनमा तिब्रता दिन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

कोरोना संक्रमण देखिएका जिल्लाबाट उपचार गर्न अस्पताल आउने विभिन्न रोगका विरामीहरुलाई उपचार गर्न भर्ना नलिने, अपरेसन कक्षमा पुगेपछि अर्को अस्पतालमा रिफर गर्ने, एम्बुलेन्समा विरामी बोक्न नमान्ने लगायतका गतिविधि भएको भन्दै समितिले ध्यानाकर्षण भएको बताएको छ । यस्तै कोरोना संक्रमितको उपचारमा सहानुभुतिपूर्ण व्यवहार नदेखाउने र जारी कार्यविधिहरुको अपव्याख्या गरी बढी भत्ता लिने कार्य भइराखेको भन्दै समितिको ध्यानाकर्षण भएको सभापति पालले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }