सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सुनपानी छर्क रुकुमलाई  – कविता


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २९, २०७७
  • 1.7K
    SHARES
  • सुनपानी छर्क रुकुमलाई  -कविता                                 

 

समय बदलियो

जमाना बदलियो

पुरै युग बदलियो

कैयौँ फरिया झुत्रा भए

कैयौँ मजेत्रा झुम्रा भए

पुक्क परेका 

तिम्रा गाला चाउरिए

जीवनशैली बद्लियो

 ! रुकुमेली आमा 

तिम्रो सोच भने

कहिल्यै बदलिएन 

 

बैँस त सबैमा आउँ

तिम्रो पनि आयो

तिमीले पनि जीवनसाथी खोज्यौ       

तिमी पनि मदहोशीमै डुब्यौ  

त्यसैले त आमा बन्यौ

त्यसैले त छोरी पायौ

छोरी बैँसालु भ्इन् 

बैँस पोख्न छुट दियौ

पटकपटक छोरी भिजिन्

पटकपटक अन्जान बन्यौ

कर्तव्यमा बिमुख रह्यौ 

सँस्कार दिन छि पर्यौ

अपराध गर्न अघी सर्यौ   

 

गाउँलेसँग गुहार मागी    

चोखो मायाको हत्या गर्‍यौ

भेरीको भेलमा फ्याक्न भन्यौ 

आफ्नै जस्ता सन्तानलाई,

छोरीको भ्रुणको पितालाई

बिटुलो पार्यौ छोरीलाई,

बिटुलो पार्यौ भेरीलाई 

 

सुनपानी छर्क सबैलाई

कुटी कुटी मार्नेलाई  

घिसार्दै नदीमा फ्याक्नेलाई

सुनपानी छर्क सबैतिर

जुन बाटो घिसार्दै लगे 

जुन झाडीमा लछार्दै लगे

तिमीहरुले मारेर फ्यालेको

दलितको रगताम्य लासले

बिटुलो बनेको भेरीलाई पनि चोख्या

नि एक छुवाछुतको

विभेदकारी कुसंस्कारीलाई

तिमीलाई सर्बोच्च लाग्ने लट्ठकलाई

केके जाती मन्त्र पढ्दै

तिनै कामातुर छोरीसँग

सम्भोग गर्न लगा

ता कि

अछुतसँग बिटुलिएको

उनको पाठेघर शुद्ध होओस्   

राम लामा अभिनाशी,अमेरिका 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }