विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।फिफाले बिहिबार निकालेको नयाँ वरीयतामा नेपालपूर्ववत १ सय ७० औं स्थानमा कायम रहेको छ ।
दक्षिण एशियाली राष्ट्रमा भने नेपालभारत र माल्दिभ्स पछितेस्रो स्थानमा छ । भारतको वरियता १ सय ८ औं स्थानमा छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।नेपालभन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन् ।
कोरोनाभाईरसको महामारीका कारण चार महिना अघिबाट विश्वभरी नै फुटबल खेलहुनसकेको छैन । जसको कारण नेपालले पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।
अन्तर्राष्ट्रिय खेल गतिविधी हुन नसकेपछि फिफाले यसपटक नेपालसहित सबै राष्ट्रको वरियता यथावत राखेको छ । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम पनि यथावत छ । यस्तै फ्रान्स दोस्रोमा, ब्राजिलतेस्रोमा, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा उरुग्वे रहेका छन् ।यस्तै क्रोएसिया छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, अर्जेन्टिना नवौ र कोलम्बिया दशौं स्थानमा रहेका छन् ।।
