सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको माग


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • 1.1K
    SHARES

पथ प्रदर्शकहरुले लकडाउनका कारण रोजगारी गुमेको भन्दै राहत प्याकेज उपलब्ध गराउन माग गरेका छन् ।

ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका पदाधिकारीहरुले कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको भन्दै राहतको माग गरेका हुन् । शुक्रबार नेपाल पर्यटन वोर्डको कार्यालय पुगेर उनीहरुले मागपत्र पेश गरेका छन् । एसोसिएसनका महासचिव सार्की शेर्पाले पर्यटन व्यवसाय नियमित रुपमा सुचारु नभएसम्मका लागि प्रति व्यक्ति १० देखि १५ लाख रुपैयाँ सम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अहिले सबै पथप्रदर्शकहरु बेरोजगार बनेको र दैनिक गुजारा चलाउन समेत समस्या भइरोखको बताउनुभयो । पथप्रदर्शक (ट्रेकिङ गाइड) र यसक्षेत्रमा काम गर्ने सबै मजदूरहरुलाई आवस्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको महासचिव शेर्पाले बताउनुभयो ।

पथप्रदर्शकहरुले पर्यटन विधेयक २०७७ मा पथप्रदर्शकको भूमिका स्पस्ट गर्न समेत माग गरेका छन् । उनीहरुले अनुभव तथा सीपको आधारमा पथप्रदर्शकहरुको स्तर वर्गीकरण गर्न, राजश्व एकद्धार प्रणालीबाट लिनुपर्ने, सरकारले पर्यटकहरुलाई जारी गर्ने अनुमति पत्रमा टिम्स तथा राष्ट्रिय निकुञ्ज प्रवेश अनुमति पत्र तथा संरक्षित क्षेत्र अनुमति पत्रमा सम्बन्धित पथप्रदर्शकको नाम र परिचयपत्र उल्लेख हुनुपर्ने लगायतका व्यवस्था ऐन मार्फत नै गर्न माग गरेका छन् । उनीहरुले टिम्स बापत उठाएको मजदुर कल्याणकारी कोषमा रहेको रकमबाट पर्यटन क्षेत्रमा कामगर्ने मजदुरहरुका लागि राहत उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)