मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

क्रिकेटर शाहिद अफ्रिदीलाई कोभिड–१९ सङ्क्रमण


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३२, २०७७
  • 391
    SHARES

काठमाडाैंः विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उहाँले बताउनुभएको छ ।

क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफुलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभएको छ ।

उहाँले भन्नुभयो, “म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।” उहाँले भन्नुभयो, “सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।”

सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्न सफल उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)