कोभिड-१९ को महामारीका कारण झण्डै चार महिना स्थगित भएर शुरु भएको स्पेनिस फुटबल लिग ला लिगा अन्तरगत गए राती भएको खेलमा उपाधि दावेदार क्लव रियाल मड्रीडले आइबर विरुद्ध ३-१ गोल अन्तरले जित हासिल गरेको छ ।
रियालको जितमा क्रुश, रामोस र मार्सेलोले एक-एक गोल गरे भने आइवरका लागि विगासले एक गोल गरे । फ्रान्सेली फुटबल स्टार प्रशिक्षक जिनेदान जिदानको २००औं प्रतियोगितामा रियालले जित दर्ता गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । यो जित संगै रियालले अंक तालिकाको शिर्ष स्थानमा रहेको बार्सिलोनासंगको अंकदूरी पनि घटाएको छ । अब बार्सिलोना भन्दा रायल दुई अंकले मात्रै पछाडी छ । रियालको ५९ अंक छ भने बार्सिलोनाले ६१ अंक जोडेको छ ।
