मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्याच फिक्सिङको आरोप लागेका सबै फुटबल खेलाडीलाई सफाइ


  • माउन्टेन खबर
  • मङ्लबार, असार २, २०७७
  • 439
    SHARES

काठमाडौं । राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापा सहित सबै खेलाडीले सफाइ पाएका छन् । प्रहरीको अपराध महाशाखाले २०७२ साल असोज २७ गते म्याच फिक्सिङको आरोपमा थापा सहित सबै खेलाडीलाई पक्राउ गरेको थियो ।

मंगलबार सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो ।

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएपछि उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

म‌ंगलबार सर्वोच्चमा न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै उनीहरुमाथि लगाइएको मुद्धाको कानुनी आधारमाथि प्रश्न उठाएको छ ।

तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापाले अन्तिम सफाइ पाएका हुन् ।

सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै साकाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले अदालतबाट न्याए पाएको भन्दै अब मिहिनेतको मूल्यांकन सरकार वा एन्फा कसले गर्ने भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)