मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने अखिल नेपाल फुटबल संघ एन्फाको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, असार ३, २०७७
  • 1.8K
    SHARES

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले टासी घलेलाई मानार्थ अध्यक्षमा पुन फर्काउने निर्णय गरेको छ ।

मंगलवार बसेको एन्फाको कार्यसमिति आपतकालिन बैठकले पूर्व मानार्थ अध्यक्ष घलेलाई सोही पदमा पुन नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि एन्फाले मानार्थ अध्यक्ष पद खारेज गरेको थियो । यस्तै, बैठकले भक्तपुर जिल्ला फुटबल संघको कार्यसमितिलाई बिघटन गरी तदर्थ समिति गठन गरेको छ ।

विधान विपरित कार्यसमिति निर्वाचित भएको देखिएको भन्दै एन्फाले भक्तपुर जिल्ला संघलाई भंग गर्दै तदर्थ समिति गठन गरेको हो । यसअघि सोमवार आव्हान गरिएको आपतकालिन समितिको बैठक कोरम नपुगेर रद्द भए पछि एन्फाले  पुन कार्यसमितिको आपतकालिन बैठक बोलाएको थियो ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)