सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रगत- कविता


  • माउन्टेन खबर
  • शुक्रबार, असार ५, २०७७
  • 1.2K
    SHARES
  • रगत                                                                                                                          -पदम विश्वकर्मा,अमेरिका

यति बेला म त्रसित छु
विगतजस्तै
मेरो रगत चल्छ चल्दैन ।

मलाई थाहा थियो,
–रगत सबैको रातै हुन्छ
–रगत सबैको तातै हुन्छ
–रगत सबैको उस्तै हुन्छ ।

त्यो पनि थाहा थियो,
–मुटु सबैको उस्तै हुन्छ
–श्वास सबैको उस्तै हुन्छ
–रक्तकोशिका सबैको उस्तै हुन्छ
–माटो सबैको उस्तै हुन्छ
तर सदियौं पछि पनि
उ उस्तै हुन सकेन ।

हामी दुईमा केबल,
–जन्म फरक थिए
–खानापिन फरक थिए
–शिक्षा फरक थिए
–न्याय निसाफ फरक थिए र
–सुविधा फरक थिए

गरीबीले – उसको रंग धमिलोे बनायो
अशिक्षाले –उसको आवाज नमीठो बनायो
अभावले – उसको ओत झुपडी बनायो
अचेतनाले – उसको स्वभाव नरम बनायो

सदियौंदेखि यहाँ,
उसले बनाएका –औजार चलिरह्योे
उसले सिएका – लुगा चलिरह्यो
उसले बनाएका –गहना चलिरह्यो
मनोरन्जनका निम्ति – दिदीबहिनीहरु चलिरहे
उसको सीप चल्यो, पसिना चलिरह्यो
तर उ कहिल्यै चल्न सकेन ।

त्यसैले,
यतिबेला म डराएको छु
म त्रसित छु र सोचिरहेछु
बराजुको युगजस्तै
सोचिरहेछु
उसको रगत चल्छ चल्दैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }