सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल टानको पहलमा ट्रेकिंग गाईडलाई क्रेडिट कार्ड सुविधा


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०७७
  • 529
    SHARES

ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्बन्धमा ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल टान र माछापुच्छ्रे बैंक बिच दुईपक्षीय समझदारी भएको छ ।

विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिंग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसंगको सहकार्यमा क्रेडिट सुविधा उपलब्ध गराएको हो।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक न्यूनत्तम १५हजार देखि  अधिकतम  १८हजारसम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराउने भएको छ। सो सिमा आंशिकरुपमा नौ नौ हजार गरी दुई वटा चरणमा प्रत्यक अर्ध वार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिंग गाईडहरुले Minimum Amount Due (MAD) मासिक ५ प्रतिशत को दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्ने छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्दछ र ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि लिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग कम्पनीले जमानत अनिवार्य बस्नु पर्नेछ र यदि ट्रेकिंग गाईडले शर्त बमोजिम रकम भुक्तान गर्न नसकेको अवस्थामा बाँकी रहेको बक्यौता तिर्ने दायत्व ट्रेकिंग गाईड कार्यरत ट्रेकिंग एजेन्सिको हुनेछ ।

सो संम्बन्धि समझदारीपत्रमा  टानका अध्यक्ष खुमबहादुर सुवेदीले र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापाले हस्ताक्षर गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)