मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड शिर्ष स्थानमा


  • माउन्टेन खबर
  • सोमवार, असार ८, २०७७
  • 652
    SHARES

स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा जित दर्ता गर्दै रियाल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । गए राती भएको खेलमा रियाल सोसेडाडलाई २-१ गोल अन्तरले पराजित गर्दै रियालले साविकको विजेता र जारी लिगमा शिर्ष स्थानमा रहेको बार्सिलोनालाई पछाडी पारेको हो । यो जित संगै रियालले बार्सिलोनासंगै समान ६५ अंक जोडेको छ । तर गोल अन्तरका कारण रियाल पहिलो स्थानमा पुगेको छ । यसअघी भएको खेलमा बार्सिलोना सेभिलासंग गोलरहित बराबरीमा रोकिएको थियो । रियाललाई यो जितले जारी लिगको उपाधि जित्ने अवसर थप बलियो बनाएको छ ।

फ्रान्सेली स्टार फुटबल खेलाडी जिनेदान जिदानको प्रशिक्षणमा रहेको रियालले अब अर्को खेल १८औ स्थानमा रहेको कोनार्का विरुद्ध खेल्ने छ भने बार्सिलोनाले ९औ स्थानमा रहेको यथेल्टिको बिलबाओसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)