मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रिमियर लिगको उपाधि लिभरपुलले जित्ने पक्का


  • माउन्टेन खबर
  • बिहिबार, असार ११, २०७७
  • 406
    SHARES

लिभरपुल क्लवले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्ने लगभग पक्का भएको छ । ३० बर्ष पछि पहिलो पटक इङ्लस फुटबलको उपाधि जित्ने यात्रामा रहेको लिभरपुलले गएराती भएको खेलमा क्रिष्टल प्यालेस क्लवलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्यो ।

एनफिल्डमा दर्शक रहित रंगशालामा भएको खेलमा अलेक्जेण्डर आर्नोल्ड, सलाह, फाविनो र मानेले गोल गरे । यो जितसंगै ८६ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीभन्दा २३ अंकले अगाडी छ ।

लिभरपुललाई अब उपाधि चुम्नका लागि थप दुई अंकको आवश्यकता छ । यदी आज हुने म्यानचेष्टर सिटी र चेल्सीबीचको खेलमा सिटी विजयी भएमा लिभरपुलको उपाधि यात्रा केही खेल लम्विने छ ।

प्रिमियर लिगमा हिजै भएका अन्य खेलहरुमा सेफ युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेष्टर युनाइटेड विजयी भयो भने इभर्टन क्लवले नोर्विचलाई १-० गोल अन्तरले पराजित गर्न सफल भयो ।यसैगरी बर्नमाउथलाई १-० गोल अन्तरले नै हराउदै उल्भ्स क्लव विजयी भयो । अर्को खेलमा न्यूक्यासल र अस्टन भिल्लाले १-१ गोलको बराबरी खेले ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)