मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिड महामारीको कारण साफ फुटबल च्याम्पियनसिप एक बर्ष पछि सर्यो


  • माउन्टेन खबर
  • मङ्लबार, असार १६, २०७७
  • 563
    SHARES

 

काठमाण्डौं।यसै बर्ष हुने तय भएको दक्षिण एशियाली मुलुकहरुबीचको फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक बर्षका लागि स्थगित भएको छ । कोभिड-१९ को संक्रमण जोखिमका कारण बंगलादेशमा गर्न लागिएको१३ औं संस्करणको प्रतियोगिता एक वर्ष पछि सरिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको बैठकले तीन महिना पछिका लागि निर्धारित प्रतियोगिता अर्को बर्ष गर्ने निर्णय गरेको हो । तर सन् २०२१ को कुन महिनामा प्रतियोगिता गर्ने भन्ने बारेमा भने निर्णय भइसकेको छैन् । बंगलादेशले यस बर्ष लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको थियो ।

सन् २०१८ को १२ औं साफ पनि बंगलादेशको ढाकामा भएको थियो ।नेपाल सेमिफाइनलसम्म पुगेको उक्त संस्करणको फाइनलमा भारतलाई २-१ ले हराउँदै माल्दिभ्सले उपाधि जितेको थियो । यसैगरी साफ बैठकले उमेर समूह अन्तरगतमहिला र पुरुषप्रतियोगिताहरु साफ यू-१५ च्याम्पियनसिप र साफ यू-१८ वुमन्स च्याम्पियनसिप भने सेप्टम्बरको बैठकले तय गर्ने निर्णय गरेको छ । तर दक्षिण एशियाली मुलुकहरु सबैमा कोरोनाभाइरसको जोखिम कायमै रहेकोले ती प्रतियोगिताहरु पनि स्थगित हुने संभावना बलियो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)