शुक्रबार, बैशाख २८, २०८१

मेसीको ७००‍‍‍ औं‍‌‌ गोल तर बार्सिलोना बराबरीमा राेकियो


  • माउन्टेन खबर
  • बुधबार, असार १७, २०७७
  • 524
    SHARES

म्याड्रिड । लियोनल मेसी मंगलबार आफ्नो खेलजीवनको ७००‌औं‍‌‌ ‌ गोल गर्न सफल रहे पनि बार्सिलोना एट्लेटिको म्याड्रिडसँग  २–२ को बराबरीमा रोकिएको छ । यसले स्पेनी ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई थप धक्का पुगेको छ ।

क्याम्प नुमा भएको खेलमा मेसीले पेनाल्टीबाट गोल गर्दै कोसेढुंगा गोलको उपलब्धि आत्मसात् गरेका हुन् । डिएगो कोस्टाको आत्मघाती गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

त्यसयता एट्लेटिकोका तर्फबाट दुवै गोल सउल निगुएजले गरे । दुवै गोल पेनाल्टीमा भएको थियो । यो नतिजापछि रियल म्याड्रिडले बुधबार गेटाफेलाई हराएर शीर्ष स्थानमा चार अंकको अग्रता खोल्न सक्नेछ ।

लिगमा पाँच चरणको खेल बाँकी छँदा यो निर्णायक अग्रता साबित हुन सक्नेछ । दिनका अन्य दुई खेलमा सेभियाले लेगानेसलाई ३–० र मार्लोकाले सेल्टा भिगोलाई ५–१ ले हराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }