नेपाल उधोग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले स्वास्थ्य सुरक्षाका पोर्टोकलहरुलाई कार्यान्वयन गरी व्यवसायिक क्षेत्र खोल्न सरकारले वातावरण बनाउनुपर्ने माग महासंघले राख्दै आएको बताउनुभयो । उहाँले सबै क्षेत्रका उद्योग व्यवसायलाई ५० प्रतिशतको क्षमतामा चलाउने गरी पोर्टोकल तयार गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । उहाँले पर्यटकीय स्थल मात्र नभएर होटल व्यवसाय, एयरलाइन्स लगायतका क्षेत्रलाई पनि सुरक्षित रपमा सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो ।
सरकारले असार १ गतेदेखि आंशिक रुपमा व्यवसाय गर्ने वातावरण बनाएको तर व्यवसायका क्रियाकलापहरु प्रभावित भएकाले अझै व्यवस्थित पोर्टोकल तयार गरी सबै क्षेत्रलाई खोल्नुपर्ने बताउनुभयो । कुनै एक क्षेत्रमात्रै खोल्दा अर्थतन्त्र चलायमान हुन नसक्ने भएकाले पर्यटकीय क्षेत्र मात्रै नभई होटल तथा एयरलायन्सलाई समेत खोल्नुपर्ने उहाँको जोड थियो ।
