काठमाण्डौं। साधु बन्नु भनेको सुकिलो भन्नु हो,जसरी सफेद क्यानभासमा रङ्ग पोतिन्छ त्यही रङ र आकृतिले सन्सार चकित एवं मोहित बनाउछ। त्यसरी नै कलाकार एवं कला साधक बन्नु भनेको साधु बन्ने प्रक्रिया हो। झट्ट हेर्दा साधारण देखिने बहुमुखी प्रतिभा धारण गरेका असाधारण ब्यक्ति जो आफ्ना हरेक पाइलामा सपना बिछ्याइ हिन्छ्न र ति तमाम सपना साकार पार्न भोक प्यास बिर्सिएर दिन रात त्यसैमा तल्लीन हुन्छन् ।अनि आफ्ना सपना सङ भाबनात्मक नाता जोड्छ्न । प्रतिफल जे जस्तो आए पनि सदैव सुखानुभुती गर्न सक्ने गुणवान् ब्यक्ति जो जित र हार दुबैमा ज्ञान् देख्छ र आफ्नो साधनामा तल्लिन हुन्छन् त्यहिनै कलाकार हो।
यस्तै कला साधकको नाम हो प्रधुन्न मिश्र जो अविरल आफ्नो यात्रामा निरन्तर लम्की रहेका छन।
२०३२ सलामा बुबा केशव मिश्र आमा महालक्ष्मी मिश्रको कोख बाट जयनेपाल हल मोड मा जन्मेका मिश्र सानै उमेर देखि कलाका पुजारी थिए,जयनेपाल हल छेउछाउ धुलिमाटो खेल्दै फिल्म हेर्दै हुर्केका उनले विद्यालय जिबनमै नाटक,नृत्य र क्यारीकेचर गरेर आफ्ना सहपाठी र शिक्षक शिक्षीकाहरुलाइ मन्त्र मुग्थ पार्थे बिद्यालयको हरेक कार्यक्रमको पर्यायवाची बनेका मिश्रको प्रतिभा बिस्तारै बिद्यालयको चार घेराबाट बाहिर पनि चुलिदै गयो।बिद्यायको पढाइ सकि सक्दा उनले ३ दर्जन भन्दा बढी विद्यालय र कलेजमा नृत्य,अभिनय सिकाउन थलिसकेका थिए।त्यसपछी नर्सिह कल्चरल ग्रुप नामक कला केन्द्र खोलेर सिकाउदै चार दर्जन स्टेज कार्यक्रम देखाए। प्रकास सायमी कमल राइहरुको सङ सङतले उनको कलाको भोक बिस्तारै फराकिलो हुदै गयो।
२०५२ सालमा प्रकाश सायमीको पुस्तक फिल्म निर्देशन निर्माण पुस्तक प्रकासन गरेका उनले नारायण हिटी नारनस्थान एक परीचय पुस्तक समेत प्रकाशनमा ल्याए।
अवतार फिल्ममा साहयक निर्देशक हुदै सुरज सुब्बाको हाउडेमा मुख्य साहायक निर्देशक भएर काम गरीसकेका मिश्र समाज सेवामा पनि उत्तिकै चाख राख्छन लियो क्लब मार्फत सेवा नै धर्म हो भनेर निरन्तर सेवा गर्दै जादा लियो क्लबको अध्यक्ष सम्म भएर काम गरे हाल पनि उनि निरन्तर समाज सेवामा उत्तिकै सकृय भएरमानव सेवामा लागी रहेका छन।
नेपाल टेलिभिजन बाट प्रसारण हुने नितेश राज पन्तको होस्टेल नामक टेलिचलचित्रबाट काचको पर्दामा अभिनय मार्फत पदार्पण गरेका मिश्रको ख्याती फैलिदै फल्ने फुल्ने अवसर पायो। पशुपतिमा कमला, मलाई पनि चाहियो मोबाइल जस्ता लोकप्रिय म्युजिक भिडियो निर्देशन र अभिनय गरेका मिश्रले थुप्रै म्युजिक भिडियो निर्देशन गरेका छन। होस्टेलमा अभियान गर्दागर्दै नेपाल टेलिभिजनमा क्यामरा मेन पदमा सरकारी सेवामा प्रबेश गरेका मिश्र हाल पनि टेलिभिजनमै कार्यरत छन।
नेपालको हाल सम्मैको लोकप्रिय रियालिटी सो सुपर याक्टिङ्ग कम्पिटिसिन निर्देशन निर्माण गरेका मिश्रलाइ कलाकार सन्दिप क्षेत्री ,राज बल्लभ कोइराला,बिनोद पौडेल,सिर्जना सुब्बा ,गजित बिस्ट,नृत्य निर्देशक गम्भिर बिस्ट लगायत थुप्रै कलाकार रियालिटी सो मार्फत सिने जगतमा ल्याउने श्रेय जान्छ। द ब्याड भास्कर,स्कुल डान्सिङ्ग कम्पिटिसन, पहिचान लगायत थुप्रै लोकप्रिय कार्यक्रम उत्पादन निर्देशन गरी सकेका मिश्रले आफुलाइ तिखार्न ओस्कार फिल्म कलेजबाट निर्देशनमा ब्याच्लर साथै मास कमिनिकेशनमा एड पोलिगन कलेज बाट मास्टर गरे ।
राष्ट्रिय,अन्तर्राष्ट्रिय डकुमेन्ट्री निर्देशन एवं छायांकन गरेका मिश्रले विभिन्न कलेजमा फोटोग्राफी अध्यापन समेत गर्दै आएका छन।बहुमुखी प्रतिभाका धनी मिश्र नेपाली सेनाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा सहभागी भएर दुई पटक नतिजा आफ्नो पोल्टामा पार्न सफल भैसकेका छन्। हाल अनि सो प्रतियोगिताको निर्णायक छन।
उनले आफ्ना जीवनकालका सबै अनुभव र सिकाइ भोगाइलाइ समेटेर हालसालै नेपाली कथानक चलचित्र धुलो निर्देशन गरी प्रदर्सनमा ल्याएका छ्न। सामाजिक कथा बस्तुमा निर्मित चलचित्रले श्रमजिबी मजदुरको सपना संघर्ष र उतारचढावलाइ प्रस्तुत गरीएको छ। सुकुम्वासी वस्तीमा बस्ने दुइ ठेला गाडा मजदुरले समय संग पैठाजोरी खेल्दै आफ्ना स-साना सपना पुरा गर्न नपाउदा उत्पन्न समस्यालाइ मर्मस्पर्शी दृश्य मार्फत देखाउन खोजिएको छ। माया,घृणा,समाजिक भाइचारा,पारीवारीक महत्व,समाजले मजदुरलाइ हेर्ने दृस्ट्रिकोणलाइ सहजरूपमा प्रस्तुत गरीएको चलचित्र धुलोमा पनि निर्देशक मिश्र अब्बल देखिन्छ्न।
नेपाली राजनीतिले श्रमजीवी मजदुर कसरी प्रभावित भएका छन र सङै जोडिएको उनिहरुको दैनिकी चुलोचौको एक छाक टार्न गर्नु परेको मजदुरी र सपनालाइ कसरी प्रभाव पारेको छ चलचित्र धुलोले छताछुल्ल पार्न सफल भएको छ।हरेक दृश्य हाम्रै समाजमको झल्को दिने दृश्य अँखा वरिपरि नाची रहेको आभास हुन्छ। चलचित्रमा देखिएका घटनाक्रमले सामाजिक अभियान्ता भन्दै आफ्नो दुनो सोझ्याउनेहरुलाइ दरो झापड हान्न सफल भएको छ।समग्रमा चलचित्र धुलो आवाज बिहिनको आवाज बन्न सफल भएको छ।
निर्देशक मिश्रको चलचित्र धुलो लाई युटुवमा अत्याधिक मन पराईएको छ। छोटो समयमै युटुव मार्फत १८ लाखले धुलो फिल्म हेरि सकेका छन्।
निर्देशक मिश्रले आगामी दिनमा पनि समाजमा दबिएर बसेका यस्तै निमुखाहरुको आबाजलाइ पर्दामा ल्याउन सफल हुन हाम्रो शुभकामना ।
