आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लकडाउनको समयमा भिडियो गेम र टिकटकको प्रयोग ह्वात्तै बढ्यो


  • माउन्टेन खबर
  • मङ्लबार, असार २३, २०७७
  • 697
    SHARES

काठमाडौं । विश्वधरी नै महामारीको रुप लिएको कोरोना भाइरसले यतिबेला सम्पुर्ण मानव जिवनको काम/व्यवसायहरुलाई ठप्प बनाएको स्थिती छ । यो समयमा मानिसहरु लगभग सबै दिनको दैनिकी घरमै बसेर नै बिताउन बाध्य पनि छन् । तर घरमा बस्दै गर्दापनि मानिसहरु आफ्नो यो खाली समयलाई केहि रोमाञ्चक नै बनाउने कोसिसमा भने पक्कै छन् । तसर्थ यतिबेला मानिसहरुको आ–आफ्नो उमेर समुहका मानिसहरु उमेरले दिएजतिको कामहरु घरमै बसेर गर्दै आफ्नो दैनिकी बिताइरहेका छन् । युवा समुहमा मानिसहरु मोबाइल र ल्याटपमा भिडियो गेम खेल्दै दैनिकी बिताइरहेका छन् भने अर्कापट्टि युवतीहरु भने टिकटकमा व्यस्त देखिन्छन् । नेपालमा लकडाउनका कारण टिकटकको प्रयोग ह्वात्तै बढेको पाइएको छ ।

मंगलबार प्रविधि पत्रकार मञ्चले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा आयोजना गरेको एक कार्यक्रममा प्रस्तुति दिने क्रममा नेपाल इन्टरने एक्सचेञ्ज (एनपीआईएक्स) का बोर्ड अफ डाइरेक्टर समित जन थिङले यस्तो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) समेत रहेका उनले लकडाउन अवधिमा टिकटकको प्रयोग शतप्रतिशतले वृद्धि बताए । उनले भने, ‘लकडाउनअघि नेपालमा टिकटकमा ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत हुने गरेको थियो । तर लकडाउनमा यसको प्रयोग बढेर १३ जीबीपीएस पुगेको छ ।’ लकडाउनको समयमा उल्लेख रुपमा प्रयोग बढ्नेमा अनलाइन गेम समेत रहेका छन् । थिङका अनुसार लकडाउन अघिको तुलनामा गेम खेल्ने र फिल्म हेर्ने कार्यमा पनि शतप्रतिशतले बढेका छन् ।

अनलाइन गेममा खपत हुने इन्टरनेट ब्याण्डविथ तीन जीबीपीएसबाट बढेर ७ जीबीपीएस पुगेको छ । त्यस्तै, नेटफ्लिक्समार्फत फिल्म हर्नेको संख्यामा पनि सत प्रतिशत बृद्धि भएको छ । लकडाउन अघि ७ जीबीपीएस इन्टरनेट ब्याण्डविथ खपत भइरहेको नेटफ्लिक्समा लकडाउन सुरु भएपछि भने १३ जीबीपीएस पुगेको छ । थिङका अनुसार नेपालमा सबैभन्दा बढी ब्याण्डविथ खपत गर्नेमा भने गूगल रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }