सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पोसिलो खाय, नियमित व्यायाम गरे अनि कोरोनालाइ जिते


  • माउन्टेन खबर
  • शुक्रबार, असार २६, २०७७
  • 1.5K
    SHARES

 

बिपिन घिमिरे

बिगत ६ बर्ष देखि म बैदेशिक रोजगारि को शिलशिलामा कतार को सरकारी वायुसेवा निगम कतार एयरवेज मा कार्यरत छु । हाल विश्व भरि कोरोना महामारि बाट निकै मान्छेहरु बिरामि छन , धेरै ले ज्यान गुमाइसकेका छन र धेरै उच्च जोखिममा छन । नेपालमा पनि झन्डै १५ हजार कोरोना भाइरसका बिरामि पुग्नै लाग्दा सरकारको तर्फबाट हुने महामारि रोकथामका प्रयास र निको भएर घर फर्किनेकोसन्ख्या हेर्दा नतिजा राम्रो नै मान्न सकिन्छ ।तर पनि दिर्घ रोगि हुनेहरु मृत्युको सिकार बन्नु पर्दा यस महामारीले पक्का पनि धेरै नै क्षति नगर्ला भन्न सकिन्न । मैले कोरोन भाइरस लागेपछि भोगेका केहि अनुभव बताउदैछु ।

सुरुवातमा मलाइ सामान्य ज्वरो अनि पुरै शरिर दुख्ने , गल्ने वा थकित महसुस भयो । त्यसको ४/५दिन सम्म सामान्य ज्वरो आयो र बिस्तारै ज्वरो धेरै बढ्दै गयो रुघा खोकि केहि थिएन जसको कारण सोचे कि कोरोना होइन ।तर १०/१२ दिनपछि थोरै स्वास प्रस्वासमा अफ्ठेरो भएको नाक बन्द भएको महसुस गरे । लगत्तै कम्पनिको सहयोगमा सरकारी अस्पतालमा पुगे । पिसिआर स्वाव परिक्षणबाट थाहा भयो कि मलाइ कोरोना पोजेटिभ रहेछ । थोरै चिन्ता भयो तर परिवार अनि साथि भाइको सान्त्वना , सहयोगले गर्दा रोगसँग लड्न सक्ने साहस मिल्यो ।केहि दिन सामान्य परासिटामाेल सेवन गरे र चिकित्सक को सल्लाह बमोजिम इम्युन बलियो गर्न फलफुल तथा पोषिलो खानेकुरा धेरै खान सुरु गरे।नियमित शारिरिक ब्ययाम , सरसफाइ र मास्क प्रयोग गरे। लगत्तै १४ दिन भित्रै मेरो अर्को परिक्षणमा कोरोना नेगेटिभ देखियो ।मतलव म रिकोभरि भए। अहिले कम्पनिमा काम सुरु गरेको पुरा एक महिना भयो ।

कम्पनि भित्र सामाजिक दुरि कायम गरेर दैनिक हुने काम भैरहेको छ । नेपालमा पनि यहा जस्तै विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार सुरक्षा का उपायहरु लागु भएका छन वा छैनन थाहा छैन । कोरोनाको उच्च जोखिममा रहेको नेपाल जस्तो गरिव मुलुकले लकडाउन सामना गरेर मात्र महामारिबाट उम्किन सक्दैन । स्वास्थ्य मन्त्रालयको बिशेष भुमिकामा देशभरि पिसिआर परिक्षण, निशुल्क उपचारको जरुरि छ । आइसोलेसनमा , क्वारेन्टिनमा हुने कोरोना बिरामिको सुरक्षा , खानपिन, सरसफाइसरकारको पुर्ण जिम्मेवारि हुनुपर्छ । कोरोना सामान्य रोग सोच्नु पनि गलत हुनसक्छ ।

सामाजिक दुरि कायम गर्दा, माक्स प्रयोग गर्दा, लगातार हात धुने गर्दा यो भाइरसले हाम्रो शरिरमा प्रवेश पाउने छैन ।नेपालमा रोगले भन्दा त्रास , लापरवाही ले गर्दा सामाजिक जनजिवन कठिन बनेको छ । सरकारको प्रयास अनि हरेक नेपाली जनताको सहयोग , सान्त्वना, सद्भाव, सुरक्षात्मक कृयाकलाप भयो भने कोरोना पुर्ण रुपमा नियन्त्रणगर्न सकिन्छ । सरकारले जनशक्ति र प्रविधिको प्रयोग गरेर नियमित परिक्षणकाे दायरा बढाउनु जरुरि छ । कोरोना संक्रमित व्यक्तिको पहिचान गर्न मोवाइल एप जनस्तरमा प्रयोगमा ल्याउनु जरुरि छ । सरकारले मात्र होइन, हरेक ब्यक्ति ब्यक्ति बिचको सहकार्यमा मात्र कोरोनाबाट सफलता पाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }