मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भदौ १ गतेबाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय


  • माउन्टेन खबर
  • सोमवार, साउन ५, २०७७
  • 604
    SHARES

 

काठमाण्डौं। आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार पार्नेछ ।

आन्तरिक तथा अन्तरराष्ट्रिय व्यवसायिक उडान गत चैतदेखि नै बन्द हुँदै आएको थियो । कोरोनाको जोखिम बढ्ने देखेपछि सरकारले सबै आन्तरिक तथा अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो । आवश्यक तयारी गरेर उडान शुरु गर्ने निर्णय भएसँगै लामो समयदेखि बन्द भएको हवाई यातायात समेत खुल्ला हुने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)