बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गए राति भएका अन्तिम खेलहरूमा जित निकाल्दै म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र चेल्सी शीर्ष चारमा पर्न सफल


  • माउन्टेन खबर
  • सोमवार, साउन १२, २०७७
  • 561
    SHARES

ईङ्लिश प्रिमियर लिग ईपीएलको जारी सिजन सम्पन्न भएको छ। गए राति भएका अन्तिम खेलहरूमा जित निकाल्दै म्यान्चेस्टर सिटी, म्यान्चेस्टर  युनाइटेड र चेल्सी शीर्ष चारमा पर्न सफल भए। यी तीनै क्लबहरू लिग विजेता लिभरपुलसँगै च्याम्पियन्स लिगका लागि पनि छनोट भएका छन्।

दोस्रो स्थानको म्यान्चेस्टर सिटीले नर्विचलाई शून्यका विरुद्ध पाँच गोलले पराजित गर्‍यो भने तेस्रो स्थानको म्यान्चेस्टर युनाइटेडसँग शून्यका विरुद्ध दुई गोलले हारेपछि लेस्टर सिटी पाँचौँ स्थानमै सीमित हुन पुग्यो।

चौथौँ स्थानको  चेल्सीले भने उल्भ्सलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्‍यो। लिगमा २३ गोल गरेका लेस्टरका जेमी भार्डीले सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने गोल्डेन बुट जित्न सफल भए। अन्तिम १६ मा स्थान पक्का गर्न असफल भएपछि एस्टन भिला, वार्टफोर्ड र बोर्नमाउथ रेलिगेशनमा परेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)