बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यूभेन्ट्स ईटालियन फुटबल लिग  सिरि ए को ‍विजेता


  • माउन्टेन खबर
  • सोमवार, साउन १२, २०७७
  • 674
    SHARES

यूभेन्ट्स ईटालियन फुटबल लिग  सिरि ए को ‍विजेता बनेको छ । गएराति भएको खेलमा स्याम्पाडोरियालाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै शीर्ष स्थानमा रहेको यूभेन्ट्सले लगातार नवौं पटक लिगको उपाधि उचालेको हो ।

गत बिहीबार राति भएको खेलमा उडेनिजेसँग पराजित भएपछि लिग विजेता घोषित हुन यूभेन्टसले थप एक खेलको प्रतीक्षा गर्नुपरेको थियो।

दुई खेल अगावै लिग उपाधि जितेको युभेन्ट्सलाई हिजोको खेलमा जित दिलाउन पहिलो हाफको इन्जुरी टाइममा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने ६७ औं मिनेटमा फेडेरिको बर्नार्डेस्कीले अर्को एक गोल प्रहार गरेका थिए।

जारी लिगमा ३१ ‌औँ गोल गरेका रोनाल्डोले लिगको उपाधि आफ्ना समर्थकहरूप्रति समर्पित गरेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)