सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट सुरक्षित भएको अनुभूती दिनसके पर्यटक नेपाल आउँछन् : होटल व्यवसायी


  • माउन्टेन खबर
  • सोमवार, साउन १२, २०७७
  • 788
    SHARES

काठमाण्डौ। होटल व्यवसायीहरुले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् ।

होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताउनुभएको छ । सरकारले नेपालका कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम गरेको सन्देश दिनसके नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्ने शाहले बताउनुभयो । त्यसका लागि पर्यटकको पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण गर्ने केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउन सक्ने उहाँले बताउनुभयो ।

पर्यटन क्षेत्र, होटल व्यवासय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत ५ प्रतिशत ब्याजदरमा वर्किङ क्यापिटल दिने कुरा आउनु सकारात्मक भएको शाहले बताउनुभयो । तर सरकारले ५० अर्बको पुनरउत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजाने कुरामा सरकार प्रस्टरुपमा नआउँदा व्यवसायीहरुमा अन्योलता बढेको बताउनुभयो ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई फोकस गरेर काम गरिने बताउनुभयो । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटक भन्दा पनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवद्र्धन गरिएको बताउनुभयो । यो समयमा धेरै मूलुक संक्रमणको जोखिममा रहेकाले नेपाललाई खुल्ला गर्दा पर्यटकहरु आउनसक्ने सम्भावना बढी रहेको पनि उहाँले बताउनुभयो । खासगरी चिनियाँ पर्यटकहरु नेपाल आउन सक्ने उहाँले बताउनुभयो ।

व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्ने समेत बताएका छन् । नेपालमा आउने पर्यटकलाई कसरी कोभिडको संक्रमणबाट बचाउने भन्ने विषय महत्वपूर्ण हुने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)