मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गतिलिन सकेन हाल सम्म ६२ प्रतिशत मात्र काम सकियो


  • माउन्टेन खबर
  • मङ्लबार, साउन १३, २०७७
  • 563
    SHARES

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम लक्ष्य अनुसार सम्पन्न हुन सकेको छैन । २०७४ असारदेखि शुरू भएको विमानस्थल निर्माण हालसम्म ७२ देखि ७५ प्रतिशत सम्पन्न गर्ने लक्ष्य रहेकोमा ६२ प्रतिशत मात्र सकिएको आयोजनाले बताएको छ । विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सिएएमसी इञ्जीनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सन् २०१४ मा ठेक्का सम्झौता भएको थियो ।

२२ अर्ब लागतको उक्त विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ । आयोजना सम्पन्न हुने मिति एक वर्ष बाँकी रहँदा ‘ल्याण्डसाइड’ र ‘विल्डिङतर्फ’को अधिकांश सिभिल तथा स्टक्चरको काम सम्पन्न भएको, उपकरण जडान र ‘फिनिसिङ’मात्र बाँकी रहेकाले समेत निर्धारित समयमै काम सकिने विश्वास लिइएको छ ।

भारतको कोलकतामा रोकिएका आयोजनाका सामग्री आइसकेको तथा विशेषज्ञ कामदारसमेत चीनबाट आउने तयारीमा रहेकाले अब दुई सिफ्टमा काम हुने बयोजनाले जनाएको छ । उपकरण जडानले आयोजनाको थप २५ देखि ३० प्रतिशत भौतिक प्रगति ओगट्ने भएको र जडानमा बढी समय खर्चिनुनपर्ने भएकाले समेत आयोजना समयमै पूरा हुनेछ ।

आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर लामो रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग (एस्सेस रोड), सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ । त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रिट संरचनाको काम सकिएर डेकोरेशन र फनिसिङको चरणमा रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)