बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडीको पर्खाइमा खेल मैदान


  • माउन्टेन खबर
  • बिहिबार, साउन १५, २०७७
  • 1.3K
    SHARES

काठमाण्डौ। महामारीको रुप लिएको कोभिड १९ का कारण यति बेला अधिकांस खेल स्थलमा खेलकुद गतिविधि हुन सकेका छैनन् ।

दशरथ रंगशाला, कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, एन्फा टेक्निकल सेन्टर र राष्ट्रिय खेलकुद परिषदका कर्भडहल खेलाडीको पर्खाइमा छन् ।

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा विहानी सत्रमा ब्याडमिन्टन खेलाडीले अभ्यास गरिरहेका छन् । तर दिउसोको समय खाली छ । राखेपले तोकेको कोभिड १९ रोकथामको मापदण्डलाई पूरा गर्दै ब्याडमिन्टन टोलीले अभ्यास गरिहेको छ । कभर्डहलमा ब्याडमिन्टन बाहेक अन्य कुनै पनि खेलको अभ्यास हुन सकेको छैन ।

राखेपको कभर्डहल सँगै जोडिएको दशरथ रंगशालामा कर्मचारी मर्मत सम्भारमा जुटिरहेका छन् । दुबो रोप्ने, पानी राख्ने काम भइराखेको छ । लकडाउन सुरु भएदेखिको चार महिनामा रंगशालामा खेलकुदका कुनै पनि गतिविधि भएका छैनन् ।

अहिले रंगशालामा अस्ट्रेलिया र चाइनिज ताइपेइसँग हुने खेलका लागि काम भइरहेको छ । सन २०२२ मा कतारमा हुने विश्वकप छनोटका लागि नेपालले दशरथ रंगशालामा अस्ट्रेलिया र ताइपेइसँग खेल खेल्ने छ । त्यसका लागि अहिले मैदान मर्मतको काम भइरहेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भने पिचको काम भइरहेको छ । साथै घाँस काट्ने कामले पनि तीब्रता पाइरहेको छ । बर्खायामा घाँस पलाउने हुँदा कर्मचारीले मेसी लगाएर मैदान बनाउन काममा जुटिरहेका छन् । समान्य अवस्था भएको भए अहिले त्रिवि मैदानमा नेपालको चर्चित फ्रेन्चाइज लिग इपिएल हुने थियो । त्यस्तै केही अन्तर्राष्ट्रिय खेलमा पनि प्रतिस्पर्धा हुने थियो ।

त्रिवि मैदानमा व्यस्त क्रिकेट प्रतियोगिताका तालिकाले गर्दा केही वर्ष यता पिचको काम भएको थिएन । तर लकडाउनको समयमा कर्मचारीले यथेस्ट समय लिएर मैदानको मर्मत गरिरहको छन् ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा कुनै तालिका छैन् । भदौ १ गते देखी विश्वकप छनोटको अभ्यास हुने भएकाले मैदानमा कुनै कार्यक्रम राखिएको छैन् । अन्य ठाउँका खेल स्थलमा पनि कतै मर्मत सम्भारको काम भइरहेको छ भने कतै निर्माण कार्यलाई तिब्रता दिइएको छ । च्यासल मैदानको मर्मत गर्नेकाम ९५ प्रतिशत सकिएको छ । भदौ अन्तिम साता राखेपलाई हस्तान्तरण गर्ने गर्ने गरी खेल मैदान निर्माणको काम भइरहेको छ ।

व्यस्त तालिकामा हुने सबै खेल मैदानहरु अहिले शुन्य प्राय छन् । खेल स्थल खेलाडीको पर्खाइमा छन भने खेलाडी अभ्यासका लागि मैदान पुग्न आतुर छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)