बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सेप्टेम्बरमा हुने भनिएको मड्रिड ओपनका टेनिस प्रतियोगिता अन्योलमा


  • माउन्टेन खबर
  • आइतवार, साउन १८, २०७७
  • 529
    SHARES

स्पेनमा कोरोनाभाइरस संक्रमण पुनः देखिएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले सेप्टेम्बरमा हुने भनिएको मड्रिड ओपनका टेनिस प्रतियोगिता आयोजना नगर्न आयोजकहरूलाई आग्रह गरेका छन्।

कोरोनाभाइरसको महामारी फैलिएपछि यसअघि मे महिनामा हुने भनिएको मड्रिड ओपन सेप्टेम्बरमा सारिएको थियो तर पछिल्लो समय स्पेनमा नयाँ संक्रमितहरू भेटिन थालेपछि प्रतियोगिता मितिबारे पुनः विचार गरिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका हुन्।

आयोजकहरुले भने स्थितिको निरीक्षण गरिरहेको र सबै सम्भावित विकल्पहरू नियालिरहेको जनाएको छ। साथै प्रतियोगितामा आबद्ध सबैको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नमा आफ्नो ध्यान केन्द्रित रहेको आयोजकहरुले जनाएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)