मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी हेमन्त ऋतुका लागि हिमाल आरोहण र ट्रेकिङको परमिट खुल्यो


  • माउन्टेन खबर
  • आइतवार, साउन १८, २०७७
  • 1.3K
    SHARES

काठमाडौं । लकडाउनका कारण चैत देखि जेठ सम्म अर्थात् वसन्त ऋतुको आरोहण बन्द गरेको नेपालले हेमन्त ऋतुका लागि स्वीकृति दिन थालेको छ ।

हिमाल आरोहण र पदयात्रा दुवैका लागि स्वीकृति जारी गर्न साउन १५ देखि सरकारले खुला गरेको पर्यटन विभागले जनाएको छ । भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुन लागेको छ । यसैलाई मध्यनजर गरेर हेमन्त ऋतुका लागि पर्वतारोहण र पदयात्राको स्वीकृति जारी गर्न लागिएको हो ।

मूलतः वसन्त ऋतु आरोहणका लागि उपयुक्त समय मानिन्छ भने पदयात्राका लागि दुवै ऋतु उत्तिकै अनुकुल मानिन्छन् । नेपालले वसन्त याममा पुरै बन्द गर्नुपरेकाले सगरमाथा सहित अग्ला हिमालहरुको आरोहण गर्नेहरुको संख्या हेमन्त ऋतुमा बढ्न सक्ने अनुमान गरेको छ ।

नेपालमा अहिले कोभिड–१९ को संक्रमण बढीरहेको छ । तरपनि सरकारले साउन १ देखि बन्दाबन्दी खुलाउँदै यसअघि बन्द गरेका सिनेमा हल, सभासम्मेलन केन्द्रहरु र त्यता गतिविधिहरुबाहेक अन्य सबै सेवा क्रमशः खुला गर्न अनुमति दिएको छ । सरकारले यसअघि वसन्त याममा भने नोभेल कोरोना भाइरस फैलन सक्ने खतरा औंल्याउँदै आरोहण र पदयात्रा पर्यटन बन्द गरेको थियो ।

हेमन्त यामको आरोहण समय सेप्टेम्बर महिनादेखि नोभेम्बरसम्म कायम रहन्छ । नेपालले पश्चिमा देशहरुमा संक्रमण घटेको तथ्यलाई दृष्टिगत गर्दै हिमाल आरोहण र पदयात्राका लागि आउने पर्यटकहरुको संख्या बढ्ने अनुमान गरेको छ । नेपालले गत आर्थिक वर्ष २०७६–७७ मा पर्यटन क्षेत्रबाट हुने कुल आम्दानीमध्ये दुई तिहाई आम्दानी क्षति भएको थियो । दुई लाख शेर्पा पथ प्रदर्शक, भरियाहरु यसबाट प्रत्यक्ष प्रभावित बनेका छन् ।

आरोहणका लागि अनलाइनमार्फत् स्वीकृति जारी गर्न सकिनेछ । तर अन्तर्राष्ट्रिय उडान नखुली नेपालमा आवागमन भने सम्भव हुँदैन । नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष समेत रहेका आङछिरिङ शेर्पाले स–साना हिमाल आरोहणका लागि केही पर्यटक आउने सम्भावना भएपनि लामो समय लाग्ने अग्ला हिमाल आरोहणका लागि पर्यकहरु आउनेमा शंका व्यक्त गरे । पर्वतारोहण र पदयात्रा पर्यटन खुला गरेसँगै सरकारले साउन १५देखि नै होटलहरुलाई पनि सञ्चालनका लागि अनुमति दिएको छ र अहिले होटलहरु पनि खुलेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)