सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विभिन्न सुरक्षाका मापदण्ड अपनाएर होटलहरु सञ्चालनमा


  • माउन्टेन खबर
  • आइतवार, साउन १८, २०७७
  • 872
    SHARES

काठमाण्डौ। कोरोना भाइरस (कोभिड—१९) का कारण लामो समय बन्द रहेका होटलहरु सञ्चालनमा आएका छन् ।

सरकारको निर्णय अनुसार साउन १५ गतेबाट सञ्चालनमा आएका होटलहरु अहिले आन्तरिक तयारीमा जुटेका छन । संक्रमणको जोखिम अझै कायम रहेको सन्दर्भमा होटलका सञ्चालकहरु विभिन्न सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनको पूर्ण तयारीमा जुटिरहेका हुन । सरकारले भदौ १ गतेबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका बन्द प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुका लागि होटल क्राउन प्लाजा नक्सालले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिइरहेको छ । विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरु बन्द प्रशिक्षणका क्रममा अवधिमा सोही होटलमा बस्ने भएकाले अहिले होटेललाई स्यानिटाइजेसन गर्न लागिएको प्रवन्ध निर्देशक युवराज श्रेष्ठले बताउनुभयो ।

बन्द प्रशिक्षणको समयमा अधिकांश खेलका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरु बस्ने होटेल क्राउन प्लाजाले नयाँ प्रविधि (धुँवा छर्ने विधि) बाट होटेल स्यानीटाइज गरिरहेको उहाँले बताउनुभयो । कुनै पनि गेष्ट चेक आउट भएपछि त्यो कोठालाई पूर्ण रुपमा स्यानीटाइजेसन गर्ने, २४ घण्टापछि सफा गर्ने र अर्को २४ घण्टापछि पुनः प्रयोगमा ल्याउने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । कतार विश्वकप छनोटको खेललाई मध्यनजर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सम्पूर्ण खेलाडीहरुलाई काठमाडौं बोलाइसकेको छ । भदौ पहिलो साताबाट खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यले ३३ जना खेलाडीलाई एन्फाले काठमाडौं बोलाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)