आइतवार, बैशाख ३०, २०८१

कोरोना संक्रमणको जोखिम बढे संगै प्रदेश २ का एकपछि अर्को जिल्लामा निषेधाज्ञा


  • माउन्टेन खबर
  • बुधबार, साउन २१, २०७७
  • 1.1K
    SHARES

महोत्तरी । लकडाउन हटेर आवागमन खुकुलिँदै जाँदा प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण भयावह बन्न गएको छ । प्रदेशमा हालसम्म ५ हजारभन्दा बढी संक्रमित भएका छन् भने यसबाट १९ जनाको ज्यान मृत्यु भइसकेको छ । साउन ७ गतेयता सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा एकपछि अर्को जिल्ला र नगरमा खुला आवागमन रोक्न एकपछि अर्को जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कफ्र्यू) जारी गर्न थालेका छन् ।

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा सोमबार मध्यरातदेखि नै सात दिनको निषेधाज्ञा लागू छ । त्यसैगरी वीरगञ्ज महानगरमा मात्र रहेको निषेधाज्ञालाई पर्सा जिल्ला प्रशासन कार्यालयले मङ्गलबारदेखि जिल्लाभरमै लागू गरेको छ । पूर्वको सप्तरी जिल्लाको राजविराज र महोत्तरीको जलेश्वर नगरमा तीन दिनपूर्व नै निषेधाज्ञा जारी छ भने सर्लाही जिल्ला प्रशासनले आजदेखि लागू हुने गरी सात दिनको निषेधाज्ञा आदेश जारी गरेको छ ।

लकडाउन हटेसँगै सबैतिर भीडभाड बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुलासीमाबाट दोहोरो आवतजावत निकै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । प्रदेशमा लकडाउन हटेयता महोत्तरी, पर्सा, सप्तरी र धनुषा बढी सङ्क्रमण जोखिममा देखिएका छन् ।

प्रदेशमा सबैभन्दा बढी रौतहटमा हालसम्म एक हजार २५९ मा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि लकडाउन हटेयता त्यहाँ सङ्क्रमण दर घटेको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताउनुभयो । रौतहटमा लकडाउन हटेयता पाँच जनामात्र सङ्क्रमित बढेका छन् ।

पछिल्लोपटक लकडाउन हटेको साउन ७ देखि २० गतेबीचको १४ दिनमा पर्सा जिल्लाको सङ्क्रमण निकै बढेको छ । त्यहाँ यस अवधिमै ३९८ नयाँ सङ्क्रमित थपिएका छन् । त्यसैगरी यसै अवधिमा सप्तरीमा १३६, धनुषामा १२७ र महोत्तरीमा ८७ नयाँ सङक्रमित थपिएको मन्त्रालयको अभिलेखले देखाएको छ । तथ्याङ्कानुसार अहिलेसम्म महोत्तरीमा ८३८, धनुषामा ७४१, सर्लाहीमा ७१२, पर्सामा ५७५, सप्तरीमा ५२२, सिरहामा २१५ र बारामा १७८ सङ्क्रमण पुष्टि भएको छ ।

लकडाउन हटेयताको अवधिमा कम सङ्क्रमण देखिएका जिल्लामा रौतहटका अतिरिक्त सर्लाही, सिरहा र बारा छन् । यस अवधिमा सर्लाहीमा पाँच, सिरहामा आठ र बारामा १५ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }