मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिमरा विमानस्थलमा बुध्द एयरको एटीआर–७२, ५०० सिरिजको जहाजको परीक्षण उडान सम्पन्न


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २३, २०७७
  • 1.2K
    SHARES

काठमाण्डौ। नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा बुध्द एयरले सिमरा विमानस्थलमा एटीआर–७२, ५०० सिरिजको जहाजले परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना हवाई प्राविधिकसहितको टोली लिएर बुधबार २१ गते बुध्द एयरको उक्त जहाजले दक्षिण र उत्तर गरि दुवैतर्फबाट उडान तथा अवतरण गरेको छ ।

जहाजको परीक्षण उडान नागरिक उड्डयन प्राधिकरणले निर्धारण गरेको सबै सुरक्षा मापदण्ड पालना गरेको छ ।

यसअघि बुध्दका एटीआर ४२–३२० सिरिज र बीच १९०० ‘डी’ जहाजले मात्र सिमरा उडान भरिरहेको थियो ।

चैत ११ गतेअघि दैनिक ७–९ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुध्द भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्ने योजना बनाएको छ ।

नेपालकै सबैभन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारणसमेत सिमरा विमानस्थल सधैं भिडभाड हुने गर्दछ ।

बुध्द एयरसँग ८ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा बीच १९०० ‘डी’ जहाज रहेको छ ।

भदौ १ बाट हुने उडानका लागि बुध्द एयरले संक्रमणरहित उडानका लागि सम्पूर्ण तयारी गरिसकेको छ । यात्रुको दोहरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज, फेसमास्क र फेशशिल्डको अनिवार्य प्रयोग लागु गरेको छ । यस्तै प्रत्येक उडानपछि जहाज, लगेज ट्रलीको संक्रमणरहित सरसफाई गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

बुध्द एयरको वेवसाईट www.buddhaair.com  र मोबाईल एपबाट टिकट खरिद गर्दा आकर्षक डिस्काउण्ट पनि पाईन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)