मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोभिडबाट नेपालको पर्वतीय पर्यटनमा १० अर्बको नोक्सानी


  • माउन्टेन खबर
  • मङ्लबार, साउन २७, २०७७
  • 526
    SHARES

काठमाडौं । कोभिड–१९ कारण नेपालको पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रमा करिब १० अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।

नेपालमा लकडाउन शुरू हुनु अघिदेखि नै प्रभावित भएको पर्वतीय पर्यटन क्षेत्र यो सिजनमा लकडाउन कारण ठप्प हुँदा उक्त रकम बराबरको नोक्सानी भएको सम्बद्ध व्यवसायीका संघ संगठनहरूले बताएका छन् ।

कोरोना महामारीका कारण यस क्षेत्रमा आबद्ध व्यवसायी मारमा परेका त छन् भने आबद्ध डेढ लाखभन्दा बढी श्रमिक तथा कर्मचारीले रोजगारी गुमाएका छन् । पर्वतारोहण क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख २५ हजार र ट्रेकिङ क्षेत्रमा २५ हजार जनाभन्दा बढी जनशक्ति संलग्न रहेको बताइएको छ । कोरोना महामारीका कारण उक्त जनशक्तिले पूर्णरुपमा रोजगार गुमाएको नेपाल माउण्टेनियरिङ एशोसिएशनले बताएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार कोरोनाको कारण नेपालको समग्र पर्यटन क्षेत्रमा रू. ४२ अर्बभन्दा बढीको नोक्सानी भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ मा पर्वतारोहणबाट रू. ५६ करोड र एनएमएले रू. १२ करोड गरी ६८ करोड राजस्व संकलन गरेको पर्यटन विभागको तथ्यांक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)